Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • सुन तस्करी प्रकरण: छानबिन आयोग गठनबारे दलहरु छलफलमा


    आइतबार, असोज ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न प्रमुख दलका नेताहरुको बैठक जारी छ ।

    रक्षा मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्कासहितको बैठक बसेको हो ।

    यसअघि शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले नेताहरुसँग गरेको छलफलमा कुरा नमिल्दा आयोग गठन हुन सकेको थिएन ।

    उक्त बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

    सुन तस्करी छानबिनका लागि पूर्वसहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाउँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार