Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधान सेनापति शर्मा भारत लागे


    आइतबार, असोज ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्मा भारत लागेका छन्।

    आज आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका लागि प्रस्थान गरेका हुन्। उनलाई बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए।

    नयाँ दिल्लीमा भोलि सोमबारदेखि असोज १० गतेसम्‍म आयोजना हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा भारत प्रस्थान गरेका हुन्।

    बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो। भारत प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

    प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हेका छन्।

    उक्त भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते नेपाल पुन: फर्किनेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार