काठमाडौं । बिषयबस्तुको गहिराई नै नबुझी संसदमा चर्का भाषण गर्ने नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालमाथि नदी दोहन गरिएको बालुवा तस्करी गरी घर बनाएको आरोप लागेको छ ।
सिन्धुली क्षेत्र नम्बर २ का सांसद लेखनाथ दाहाल उर्फ राजनले सिन्धुलीमाडीस्थित घर निर्माणका लागि तस्करीको बालुवा बोकेका टिफर र जेसीबी मरिण गाउँपालिकाका बासिन्दाले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
सिन्धुलीको मरिण गाउँपालिका प्रमुख बिमर्श मुक्तान प्रख्यातको प्रत्यक्ष संलग्नतामा सांसद दाहालको घर निर्माणका लागि तस्करीको बालुवा बोकेको टिफर र जेसीबी स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कपिलाकोटमा बुझाएको तस्वीर नै कुमार लामाले सामाजिक संजाल फेसबुकमा राखेका छन् ।
मरिण गाउँपालिका वडा न ४ का जनप्रतिनिधि स्थानीय बासिन्दाद्वारा बालुवा तस्करी गरिरहेको अवस्थामा उक्त २ थान गाडी नियन्त्रणमा लिई प्रहरीमा बुझाएको लामाले लेखेका छन् ।
सांसद दाहालले सिन्धुलीमाडीमा बनेको पार्टीको कार्यालय निर्माणको हिसाबकिताव समेत सार्वजनिक गर्न सकेका छैनन् । माओवादी पार्टीको भवन निर्माण गर्न कहाँ कहाँबाट कति आर्थिक सहयोग प्राप्त भयो, कति खर्च भयो ? त्यसको हिसाबकिताव समेत पारदर्शी नगरेका दाहालले संसदमा भने चर्का सुशासनका भाषण गर्ने गरेका छन् । पार्टी कार्यालय निर्माण गर्दाको आयब्यय देखाउन नसक्नुले त्यसमा भ्रष्टाचार भएको आशंका माओवादी बृत्तमा ब्याप्त छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend