Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • क्यानडामा रहेका र जान चाहने आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतको आग्रह


    बुधबार, असोज ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्यानडा र भारतबीचको विवाद बढ्दै गएपछि भारतले क्यानडामा रहेका र क्यानडा जान चाहने आफ्ना नागरिकलाई ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गरेको छ ।

    भारतको विदेश मन्त्रालयले बुधबार एक ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

    क्यानडामा बढ्दो भारतविरोधी गतिविधि र घृणा अपराधलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिकहरू र यात्रा गर्ने विचार गर्नेहरूलाई अत्यन्त सावधानी अपनाउन अनुरोध गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    हालैका धम्कीहरूले विशेष गरी भारतीय कूटनीतिज्ञहरू र भारतविरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका वर्गहरूलाई लक्षित गरेको ट्राभल एडभाइजरीमा उल्लेख छ ।

    “यसकारण भारतीय नागरिकहरूलाई क्यानडामा यस्ता घटनाहरू देखिएका क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न सल्लाह दिइन्छ,” ट्राभल एडभाइजरीमा भनिएको छ ।

    क्यानडामा रहेको भारतीय वाणिज्य दूतावासले त्यहाँ रहेका भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्ने पनि जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार