Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छुट्टाछुटै स्थानमा एक महिलासहित ३ पुरुष मृत भेटिए


    आइतबार, भाद्र ३१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विभिन्न ठाउँमा एक महिलासहित चार जना मृत अवस्थामा फेला परेका छन् ।

    चितवन, भरतपुर महानगरपालिका-४ समुन्नतटोल बस्ने ८० वर्षीय बुद्दी बहादुर कुमाल सोही ठाँस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

    रूपन्देही, तिलोतमा नगरपालिका-१४ चिलिया बस्ने ३० वर्षीय सन्दीप थापामगर सियारी गाउँपालिका-६ करङ्गे टोल बस्ने साथीको घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुर, बागमती गाउँपालिका-४ पांचपाण्डवमा हाल नाम, थर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

    कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाईड बस्ने ५८ वर्षीया पबित्रा बराल सोही ठाउँस्थित राममन्दिर पछाडीको नहरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

    गत शुक्रबार घरबाट हिडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार