Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा बम विस्फोट हुँदा पूर्व–पश्चिम राजमार्गमा क्षति


    आइतबार, भाद्र ३१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाँकेमा द्वन्द्वकालमा राखेको बम विस्फोट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थित सडकमा बम विस्फोट भएको हो ।

    विस्फोट भएको बम द्वन्द्वकालमा राखिएको आशंका गर्नुका साथ उक्त विस्फोटका कारण राजमार्गको आधा खण्ड भत्किएको छ ।

    प्रारम्भिक अनुसन्धानबाट उक्त विस्फोटक पदार्थ पुरानो भएको खुलेको लम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेशराज जोशीले जानकारी दिए ।

    “घटना रातिको हो । सडकखण्ड छेउछाउका कसैले पनि चाल पाएका रहेनछन् । पछि खाल्डो परेको देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुराना तारहरू र केही पदार्थ भेटिएका छन् । ती द्वन्द्वकालको जस्तो देखिन्छ,” डीआईजीले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार