Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नुहाउने क्रममा मोरङमा दुई बालिकाको मृत्यु


    शनिबार, भाद्र ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मोरङ। मोरङमा नुहाउने क्रममा दुई बालिकाको ज्यान गएको छ। ग्रामथान गाउँपालिकामा-२ खुनियाकट्टामा रहेको माछा पोखरीमा शनिबार नुहाउने क्रममा १० र १२ वर्षीया बालिकाको मृत्यु भएको हो।

    गाउँपालिका २ का वडाध्यक्ष यादव खतिवडाका अनुसार डा. रम्भा देवको माछा पोखरीमा पौडी खेल्दै नुहाउने क्रममा १० वर्षीया रेजिना खवास र १२ वर्षीया समीक्षा माझीको मृत्यु भएको हो।

    वडाध्यक्ष खतिवडाले घटना भएको स्थलमा करिब ३ कट्ठा क्षेत्रफलमा दुईवटा पोखरी रहेको जानकारी दिए।

    बाउन्ड्री वालले दुवै पोखरी घेरिएको भए पनि वालको एकछेउबाट पोखरीमा पस्न मिल्ने प्वाल रहेको र दुवै जना साेही प्वालबाट छिरेकाे हुनसक्ने उनकाे आशंका छ।

    मृतक दुवै बालिका खुनियाकट्टा निवासी हुन्। वडाध्यक्ष खतिवडाका अनुसार आज बिहान करिब साढे ११ बजे दुवैजनालाई डुबेर घाइते भएको अवस्थामा स्थानीयले फेला पारेका थिए।

    उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि भर्ना गरेसँगै चिकित्सकले मृत घोषित गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले अनुसन्धान सुरु गरिएकाे जानकारी दिए।

    उक्त घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, बेलबारीबाट प्रहरीको टोली घटनास्थल पुगेको ‍छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार