हेटौंडा । श्री भावना आधारभूत विद्यालय मकवानपुरमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक बितरण गरिएको छ । प्रदीप पौडेलले उक्त विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई शुक्रबार थ्री पिस ट्याकसुट वितरण गरेका हुन् ।
विद्यालयको ३४ औं वार्षिकोत्सव तथा बालदिवसको उपलक्ष्यमा पौडेलले १ लाखभन्दा बढीको विद्यालय पोशाक वितरण गरेका हुन् । मकवानपुर जिल्लाको हेडांैडा उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने भावना आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था न्यून भएका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरिएको पौडेलले बताए । पौडेल उक्त विद्यालयका पूर्वविद्यार्थी हुन् ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा २०४८ देखि २०७३ सम्म अध्यापन गराउने शिक्षिका सुमित्रा भण्डारीलाई पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिका ४ का सामाजिक अभियन्ता विनोद सापकोटाले आगामी दिनमा आफूले पनि विद्यालय र विद्यार्थीका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त विद्यालयको प्रधानाध्यापक रुपा रिजाल श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक बितरण गरेकोमा पौडेललाई धन्यवाद व्यक्त गरिन् ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend