Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृत्यु


    शुक्रबार, भाद्र २९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सप्तरीकै रुपनी गाउँपालिका–३, हर्दिया टोलकी ४५ वर्षीया सिलावती मुखिया रहेकी छन् ।

    उक्त दुर्घटनामा घाइते भएकी उनको उपचारको क्रममा युनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    रुपनीबाट राजविराजतर्फ जाँदै गरेको स ४ प ५७ ६० नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा मोटरसाइकल चालक ५० वर्षीय हरेराम मुखियाको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार