Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एलिजा गौतम भन्छिन्- ‘फिल्ममा फर्किन्छु, नागरिक उन्मुक्तिमा फर्किन्न’


    शुक्रबार, भाद्र २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । कलाकार तथा मोडल एलिजा गौतमले आफू अब नागरिक उन्मुक्ति पार्टीमा नफर्कने टिप्पणी गरेकी छन् । उनले हालै नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसँग समेत भेट गरेकी छन् ।

    भेटमा चौधरीले उनलाई पार्टी नछाड्न आग्रह गरेका थिए । चौधरीसँगको उनको भेटलाई लिएर धेरैले एलिजा फेरि नागरिक उन्मुक्ति पार्टीमा फर्कन लागेको अडकल काटेका छन् ।

    गौतमले पनि चौधरीसँग भेट भएको स्वीकारेकी छन् । ‘मेरो चौधरीसँग भेट भएको पार्टीमा फर्कन होइन । उहाँको चाहाना भए पनि म फर्किन्न’ चौधरीसँग अनौपचारिक भेट भएको बताएकी छन् । ‘संस्थापक चौधरीको मलाई पार्टीमा फर्काउने चाहना छ तर म अव फर्किन्न’, गौतमले भनिन् ‘भेटमा पार्टीमा फर्कने भन्दा पनि अन्य विषयमा कुरा भयो ।’ उनले आफू टेलिभिजनको काममा व्यस्त भएकोले राजनीतिमा फर्कने सम्भावना कम भएको सुनाइन् ।

    ‘म राम्रो प्रोजेक्ट आए फिल्म अभिनयमा फर्कन्छु । तर नागरिक उन्मुक्ति पार्टीमा फर्कन्न’ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार