काठमाडौं। सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा मंगलबार अन्तिम फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरुले विरोध गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतमले धम्कीपूर्ण अभिव्यक्ति दिएकी छन्। उनले कार्यकर्ता निराश हुँदा आक्रोशले बोल्नु आफ्नो कर्तव्य भएको समेत बताएकी छन्।
पार्टीका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सदर गर्ने सर्वोच्च अदालतको फैसलापछि गौतमले मंगलबार साँझ युट्युबरमाझ चौधरीलाई रिहा नगरे देशमा आगो बल्ने धम्कीपूर्ण चेतावनी दिएकी थिइन्।
‘जबसम्म उहाँले न्याय पाउनुहुन्न, हामी चुप बस्दैनौं, देशव्यापी आन्दोलन हुन्छ,’ उनले भनेकी थिइन्, ‘अब यदि रेशम चौधरीलाई छुटाइएन भने आगो बल्छ देशमा।’
आफ्नो बोलीको विषयमा टीकाटीप्पणी हुन थालेपछि गौतमले सामाजिक सञ्जालमार्फत पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केहि बोल्नु र सरकारलाई खबरदारी गर्नु आफ्नो कर्तव्य भएको बताएकी हुन्।
उनले भनेकी छन्, ‘पार्टीले केन्द्रीय सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ। अदालतको फैसला हाम्रो पक्षमा नआउदा लाखौं कार्यकर्ता निराश छन्। पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केहि बोल्नु, सरकार लाई खबरदारी गर्नु मेरो कर्तव्य हो।’
आफू राजनीतिक सिकारु भएको भन्दै उनले आफूभित्र भएका कमजोरी सुधार्दै लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend