Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • हेटौंडामा चिकित्सक कुट्ने दुई जनाविरुद्ध किटानी जाहेरी


    शुक्रबार, भाद्र २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर । मकवानपुरको हेटौँडा उपहानगरपालिका–१ स्थित सञ्चो हस्पिटल प्रालिका चिकित्सकलाई निर्घात तरिकाले कुट्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी परेको छ ।

    गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त विडारीमाथि आक्रमण भएको थियो ।

    उनीहरुमाथि कुटपिटको विषयमा मृतककै परिवारका सदस्यद्वय अनुप प्रधान र रोहित प्रधानविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालयमा प्रवक्तासमेत रहेका डीएसपी लक्ष्मी भण्डारीले दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिए ।

    नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् ।

    कुटपिटमा संलग्न सबैमाथि कारबाहीको माग गर्दै सीसीटीभीमा देखिएका सबैलाई पक्राउ गर्न उनले माग गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार