Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सुवास नेम्वाङको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित


    बिहिबार, भाद्र २८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

    बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।

    सो प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । त्यसपछि सभामा स्वर्गीय सांसद नेम्वाङको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

    शोक प्रस्ताव प्रस्तुत गर्ने क्रममा सभामुख घिमिरेले उनको निधनबाट मुलुकलाई अपूरणीय क्षति भएको बताएका छन् । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार