Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय


    मंगलबार, भाद्र २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हृदयाघातका कारण मंगलबार राति निधन भएका संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

    नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको थियो। उक्त आज बसेकाे मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेकाे हाे ।

    नेम्वाङका छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्तयेष्टि हुन्छ त्यसै दिन सार्वजनिक विदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए ।

    उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए ।

    नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार