Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेम्वाङको भोलि बिहान ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने


    बुधबार, भाद्र २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ। एमालेले बुधबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको हो ।

    शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्ने एमालेले बताएको छ ।

    नेम्वाङको सोमबार राति निधन भएको थियो। दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई आज बालुवाटारस्थित निवासमा लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार