Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेम्वाङको आज अन्त्येष्टि गरिने, सरकारले दियो सार्वजनिक बिदा


    बिहिबार, भाद्र २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको बिहीबार बिहान ११ बजे अन्त्येष्टि गरिने भएको छ ।

    उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

    त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि आग्रह गरिएको छ ।

    नेम्वाङको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार