Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिबियामा बाढी: मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो, १० हजार अझै बेपत्ता


    बिहिबार, भाद्र २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेको संख्या पाँच हजार ५०० पुगेको छ भने सात हजारभन्दा बढी मानिस घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको बताए । बाढीबाट प्रभावित क्षेत्रबाट शव निकाल्ने काम भइरहेको उनले उल्लेख गरे ।

    बाढी प्रभावित क्षेत्रमा करिब १० हजार मानिस बेपत्ता भएका र ३० हजार बढी विस्थापित भएका बताइएको छ ।

    उक्त प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको समेत अभाव हुन थालेको छ । भूमध्यसागरीय आँधीपछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार