Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौँडामा डाक्टर कुटपिट घटनामा थप २ जना पक्राउ


    बिहिबार, भाद्र २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौँडा । प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ ।

    डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको केही युवाको समूहले हिजो दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर हातपात गरेका थिए ।

    सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा, छोरी रमिता केहीबेर अघि पक्राउ परेका थिए । घटनामा संलग्न छोरा रोहीत र भतिज अनुप प्रधानलाई पक्राउ गरेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार