Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झडपले उग्र रूप लिएपछि वीरगञ्ज सुधारगृहका १५ जना कैदी भक्तपुर फिर्ता पठाउने सहमति


    बिहिबार, भाद्र २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पर्सा । भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई भक्तपुरनै फिर्ता पठाउने सहमतिपछि वीरगञ्जस्थित बाल सुधारगृहको अवस्था भने नियन्त्रणमा आएको छ ।

    ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार रातभर झडप भएको थियो ।

    उक्त झडपले उग्र रूप लिँदा स्थिति नियन्त्रण बाहिर गएको थियो । बालकैदीबिच भएको झडमा ११ जना कैदी र ३ जना प्रहरी घाइते भएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भक्तपुरबाट आएका १८ जना कैदीमध्ये १५ जना फिर्ता पठाउने सहमति भएपछि मात्रै स्थिति नियन्त्रणमा आएको बताए ।

    भक्तपुरबाट आएका बालकैदीहरूले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर उनीहरूले सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

    पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल विक्रम शाह, वीरगञ्ज महानगरपालिका अन्तर्गत बालबालिका शाखा प्रमुख सावित्री भण्डारी, पत्रकार, मानवअधिकारकर्मीहरू र कैदीहरु बिच बुधवार दिनभर वार्ता भएको थियो । ‘भक्तपुरबाट ल्याइएका १८ जना मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने, सुधारगृहभित्र बिजुली, खानेपानी, सरसफाई, निःशुल्क स्वास्थ्य उपचारको राम्रो व्यवस्था हुनुपर्ने लगायतका विषयमा सहमति भएको छ’ पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार