धरान। प्रहरीले धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको घर तोडफोड गर्ने ८ जनालाई पक्राउ गरेको छ। हिजो मंगलबार बेलुका केही अराजक समुहले बेघाको घर तोडफोड गरेका थिए।
प्रहरीले उपमेयर बेघाका भाइ बिष्णु बेघासहित ८ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए।
उपमेयरका भाइ बिष्णुको समुह र सन्देश राईको समूहबीच झडप भएको थियो।
दुबैतर्फको झडपमा खुकुरी प्रहारबाट सन्देश राई गम्भीर घाइते भएका छन्। शरीरका विभिन्न भागमा चोट लागेका उनको बीपी प्रतिस्ठानमा उपचार भैरहेको छ।
पक्राउ पर्नेमा सञ्जिव राई, सुरज तामाङ, मेनल तामाङ, राजकुमार लिम्बू, दिपेन्द्र राई, अमृत तामङ, अनिल राई रहेका एसपी रेग्मीले बताए। उपमेयर बेघाले आफ्नो घर आक्रमण गर्ने सबैलाई कडा कारवाही गर्न माग गरेका छन्।
उनले घर तोडफोड गर्ना साथ धरान प्रहरीलाई जानकारी गराएको भए पनि समयमा प्रहरी नआएको गुनासो गरेका छन्। घटनापश्चात् सुनसरी प्रहरी प्रमुख रेग्मी इनरुवाबाट धरान आएर प्रहरी परिचालन गरी आक्रमणकारीलाई पक्राउ गरेका थिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend