Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : सभापति देउवा


    मंगलबार, भाद्र २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

    ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

    मंगलबार राति १ बजे हृदयघातबाट नेम्वाङको निधन भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार