Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेम्वाङको निधनपछि त्रिवि शिक्षण अस्पतालमा नेता, कार्यकर्ताको भीड


    मंगलबार, भाद्र २६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो ।

    हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीलगायतक नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

    त्रिवि शिक्षण अस्पतालबाट पार्थिक शरीर पार्टी कार्यालय लगिएको बताइएको छ । आज बिहान ७ बजेबाट पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिने बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार