Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • टीकापुरमा बाघको आक्रमणबाट एक महिला घाइते


    सोमबार, भाद्र २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • टीकापुर। कैलालीको टीकापुर नगरपालिका वडा नं. २ स्थित एक सामुदायिक वनमा गइरहेकी एक ३५ वर्षीय महिला बाघको आक्रमणबाट घाइते भएकी छन्।

    बाघको आक्रमणबाट वडा नम्बर २ विजयनगर खडक टोलकी फूलकुमारी चौधरी घाइते भएकी हुन्।

    सोमबार बिहान जानकी गाउँपालिका वडा नं. ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा उनी बाघको आक्रमणमा परेकी थिइन्। आक्रमणबाट उनको पेट र पिठ्यूमा चोट लागेको छ।

    इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार घाइते चौधरीको टीकापुर अस्पतालमा सामान्य उपचार थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। वडा नम्बर २ को अधिकांश स्थानमा जंगल क्षेत्र पर्ने भएकाले घाँस दाउँरा काट्न जाँदा सजग भएर जान वडाध्यक्ष दीपक चौधरीले आग्रह गरेका छन्।

    यसअघि समेत सो क्षेत्रमा बाघको आक्रमणबाट केही व्यक्ति घाइते भएका थिए। राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुलाको रानी कुलाको मुख्य इन्टेक क्षेत्रमा विगत चार महिना यता डमरुसहितको बाघहरू देखा पर्दै आएका छन्। कैलाशेश्वर सामुदायिक वनका कोषाध्यक्ष रविन्द्र शाहका अनुसार कर्णाली नदी किनारको सो क्षेत्र बाघको आश्रय स्थलका रुपमा रहँदै आएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    • मन्त्रिपरिषद् बैठक बस्दै

      काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...

    • समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता

      काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी,आइडियल यमुना...

    • बझाङमा ब्रेक फेल भएर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

      धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर...

    • राष्ट्रपतिद्वारा दक्षिणकालीमा पूजाआजा

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...

    • भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँमा

      काठमाडौँ। भारतीय विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनले भ्रमणका...