Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीमा डुबेर २ जनाको मृत्यु


    सोमबार, भाद्र २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुन्दरहरैँचा । सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए ।

    उनको उपचारको लागि जिल्ला अस्पताल इनरूवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए ।

    यसैगरी इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पूजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम–७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार