Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समाजवादी मोर्चाको स्थगित सुदूरपश्चिम सन्देश सभा भोलि हुने


    सोमबार, भाद्र २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । समाजवादी मोर्चाको प्रदेश अन्तर्गत सुदूरपश्चिम प्रदेशमा यसअघि स्थगित भएको सन्देश सभा भोलि मंगलबार (भदौ २६ गते) हुने भएको छ ।

    भदौ १४ गते हुने भनिएको सभा एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच समस्या उत्पन्न भएपछि अनिश्चितकालका लागि स्थगित भएको थियो ।

    समाजवादी व्यवस्थाको आधार तय गर्ने लक्ष्यसहित गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो ।

    जिल्ला तहसम्म संगठन विस्तार गर्ने नीति बनाएको मोर्चाले भदौ ८ गतेदेखि मधेश प्रदेशको वीरगञ्जबाट प्रदेशस्तरीय सन्देशसभा गर्दै आएको छ । सोमबार कोशी प्रदेशमा सभा सकिएपछि धनगढीमा सभा गर्ने तयारी भएको नेकपाका नेता अनिल शर्मा विरहीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार