Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र १३ नियोगका प्रमुखबीच छलफल : मानव तस्करी र श्रम आप्रवासन प्रमुख एजेन्डा


    सोमबार, भाद्र २५ २०८०
    890
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशस्थित नेपाली १३ नियोगका प्रमुखहरूबीच छलफल कार्यक्रम सुरु गरेका छन् । ‘श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका’ नाम दिइएको यस छलफल कार्यक्रम दुई दिनसम्म चल्ने स्रोतले जनाएको छ।

    उक्त कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रसचिव भरतराज पौड्याल, १२ श्रम गन्तव्य राष्ट्रस्थित १३ नियोगका प्रमुख (राजदूत र महावाणिज्यदूत) सहभागी छन् । परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित शाखाका कर्मचारी पनि कार्यक्रममा सहभागी छन् ।

    प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्नका लागि आवश्यक छलफल गर्न नियोग प्रमुखहरूलाई काठमाडौंमा डाकेका हुन् । कार्यक्रमको अध्यक्षता स्वयं प्रधानमन्त्रीले गरेका छन् ।

    वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र त्यसको समाधानको उपाय निकाल्ने र निष्कर्षलाई निर्णयमा बदल्ने काम कार्यक्रमबाट गरिनेछ ।

    विभिन्न माध्यम र रूपमा भइरहेको मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार