Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउन सुगरसहित दुई नेपाली युवा भारतमा पक्राउ


    सोमबार, भाद्र २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित दुई नेपाली युवक भारतमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गङ्गाप्रसाद मगर रहेको भारतीय प्रहरीले जनाएको छ । झापा निवासी उनीहरूलाई भारतीय प्रहरीले नेपाल -भारत सिमाना नजिक पानीट्याङ्की बजारको न्यु मेची मार्केटबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।

    प्रदेश १-०१-०१३ प ४२५१ नम्बरको स्कुटरमा सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेका थिए । सोही क्रममा पानीट्याङ्की आउट पोस्ट खोरीबारी प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्कुटर रोकेर चेकजाँच गर्दा डिकीबाट २०५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

    साथै उनीहरूसँग नेपाली ९ हजार रुपैयाँ समेत फेला परेको बताइएको छ । ब्राउन सुगर, स्कुटर र नगदसहित पक्राउ परेका दुवैजनालाई पश्चिम बङ्गाल प्रहरीले सिलगढी जिल्ला अदालतमा पेस गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार