Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चन्द्र भण्डारीले भने- मुलुकमा राजतन्त्र अपरिहार्य छ


    सोमबार, भाद्र २५ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता डा. चन्द्र भन्डारीले मुलुकमा राजतन्त्र अपरिहार्य रहेको जिकिर गरेका छ्न्।

    कांग्रेसले बिपी जयन्तीका अवसरमा बिपीको साहित्यिक पाटोमा बहस चलाउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप नीतिबारे छलफल गरेको थियो। सोही छलफलमा सहभागी नेता भन्डारीले यस्तो बताएका हुन्।

    भन्डारीले बिपीको स्मरण गर्दै बिपीले राजा रहे देश रहने बताउने गरेको जनाए।

    उनले भने, ‘बिपीले राजाको घाँटी र मेरो घाँटी जोडिएको छ। राजा रहे देश रहन्छ भन्नुहुन्थ्यो।’

    भन्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जोश र वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रको विचारको प्रशंसा गरेका थिए।

    राप्रपा सम्बद्ध नेपाल प्राज्ञिक परिषदले ‘आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप नीतिको अन्तर्य र औचित्य’ विषयमा विचार गोष्ठीको आयोजना गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार