Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललिता निवास प्रकरणमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?


    आइतबार, भाद्र २४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आज हाल चर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    आइतबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलास सो आदेश दिएको हो । थुनामा रहेका १८ जनामध्ये एक जनालाई अदालतले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

    हेर्नुहोस् अरु कोसँग कति धरौटी माग ?

    केशव तुलाधर,साधारण तारेखमा रिहा,

    शिवजी भट्ट–३ लाख ३० हजार

    रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

    बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

    कलाधर देउजा –१५ लाख

    घमन कुमार कार्की– ७ लाख ५० हजार

    गोपाल कार्की –७ लाख ५० हजार

    विनोद पौडेल– १५ लाख

    योगराज पौडेल– ७ लाख ५० हजार

    नारायणराज मिश्र –७ लाख ५० हजार

    अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार

    ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

    बाबुराजा महर्जन– १ लख १० हजार

    देवनारायण महर्जन – १ लाख १० हजार

    सकलानन्द महर्जन– १ लाख १० हजार

    सञ्जय कुमार महर्जन– १ लाख १० हजार

    लोकरि घिमिरे –७ लाख ५० हजार

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार