Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाको गुनासो- समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति गर्न पाएका छैनौं 


    आइतबार, भाद्र २४ २०८०
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेपनि अझै अभ्यास गर्न नपाएको गुनासो गरेका छन् ।

    बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित बीपी साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज नेपाली कांग्रेसले बहुदलीय शासन प्रणालीमा प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त बनाएर अघि बढिरहेको बताए ।

    देउवाले भने, ‘लामो समयको अन्तरालसँग आज हाम्रो मुलुक पनि बीपीले देखाएको मार्गमा अघि बढिरहेको छ । तर, स्थायित्व पाएको छैन । नेपाल समाजवादउन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं । तर, अभ्यास र अनुभूति गर्न पाएका छैनौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार