Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव


    शनिबार, भाद्र २३ २०८०
    1.7K
    Shares
    sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उनले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार बनाउनु उचित हुने बताए ।

    उनले भने, ‘सबैभन्दा पहिलो उपयोगी कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिलेर यो प्रदेशसभा जोगाए राम्रो, त्यो मौका अझै छ, मेरो शुभकामना छ कांग्रेस र एमाले मिल्ने छन् ।’

    कोशीमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर उद्धव थापालाई मुख्यमन्त्री बनाए पनि दुबै पटक सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार