Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोशी विवाद समाधानका लागि माधव नेपालले दुई उपाय सुझाए


    शनिबार, भाद्र २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा समस्या पर्दा आफ्नो पार्टीलाई खोज्ने गरेको स्पष्ट पारेका छन् ।

    पार्टीनिकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले अहिले कोशी प्रदेशको विषयलाई लिएर पनि आफ्नो पार्टीलाई मिलेर अघि बढौं भन्न थालिएको बताए ।

    आफ्नो पार्टीसँग व्यक्तित्व र इतिहासको धरोहर भएको दाबी गर्दै अध्यक्ष नेपालले पार्टीप्रति भराेसा बढेकाे बताए । मदन भण्डारीको जबजको विषय उल्लेख गर्दै कम्पिटीसनलाई आत्मसात गरेर अघि बढ्ने कुरा कहिल्यै पुरानो नहुने उनले तर्क गरे ।

    उनले आफूहरुले पूँजीवादको विरुद्धमा र समाजवादको पक्षमा उभिने योद्धा भएको दाबी गरे । उनले कोशीको प्रसंगमा थप्दै पटक-पटक सरकार फेरिनुपर्ने कारणमा निर्वाचन प्रणाली भएको बताए ।

    ‘कोशीमा यसबीचमा कतिवटा सरकार बनिसक्यो ? पहिले एक मुख्यमन्त्री थिए । उनले राजीनामा दिए । फेरि अर्को मुख्मन्त्री भए । अब कहिलेसम्म यस्तो चल्ने हो थाहा छैन ।’, उनले भने, ‘किन यस्तो भइरहेको छ ? किनकी निर्वाचन प्रणाली हो । बराबर मत हुने भएपछि यस्तो अवस्था आइरहेको छ । यस्तो जटिल अवस्थामा दुई वटा समाधान छन् कि मिलेर जानु कि निर्वाचनमा जाने ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार