काठमाडौँ। आजदेखि जी–२० शिखर सम्मेलन भारतको नयाँदिल्लीमा सुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने उक्त सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँदिल्लीमा भेला भएका छन् ।
उक्त सम्मेलनमा दीगो विकास र वृद्धि, जलवायु वित्त, व्यापार र लगानी, अन्तर्राष्ट्रिय शान्ति तथा डिजिटल रुपान्तरण लगायत विषयमा छलफल हुनेछ ।
सम्मेलनमा रुस– युक्रेन युद्धका कारण उत्पन्न खाद्य सुरक्षा, ऋण सङ्कट जस्ता महत्वपूर्ण मुद्दाहरु ओझेलमा पर्ने विश्लेषण भइरहेको रोयर्टसले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले जी–२० बैठकमा प्रधानमन्त्री ली छ्याङलाई पठाएका छन् भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि अनुपस्थित रहनेछन् । जसले गर्दा सम्मेलनमा पश्चिमा र यसका सहयोगी राष्ट्रहरुले प्रभुत्व जमाउने सक्ने अनुमान गरिएको छ ।
शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, चिनियाँ प्रधानमन्त्री ली छयाङ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, फ्रेन्च राष्ट्रपति इम्यान्युएल म्याक्रोन, साउदी अरबका मोहम्मद बिन सलमान, जापानका प्रधानमन्त्री फुमिओ किसिदालगायतका शीर्ष नेता शुक्रबार नै दिल्ली आइसकेका छन् ।
सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीमा झण्डै ५० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
सम्मेलन आयोजनास्थल र त्यस आसपासको ३५ किलोमिटर क्षेत्रलाई उच्च सतर्कता क्षेत्र घोषणा गरिएको छ । सडकमा सैनिक, अर्धसैनिक तथा प्रहरी तैनाथ गरिनुकासाथै आकाशमा चौबिसै घण्टा ड्रोन निगरानीको व्यवस्था गरिएको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend