Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • हिक्मत कार्की मुख्यमन्त्री नियुक्त हुँदै, आजै सपथ हुने


    शुक्रबार, भाद्र २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज (शुक्रबार) मुख्यमन्त्री नियुक्त गरी सपथ पनि आजै गराउने भएका छन् ।
    सर्वोच्च अदालतले हिजो ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै मुख्यमन्त्री नियुक्ति गरेर सपथको तयारी भएको हो ।

    प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठका अनुसार सर्वोच्चको आदेशको जानकारी आएकोले मुख्यमन्त्री नियुक्तिको प्रक्रियासँग सपथको तयारी भएको हो ।

    सर्वोच्चले बिहीबार उद्धब थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत बदर गर्दै उनलाई मुख्यमन्त्रीबाट पदमुक्त गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

    सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित सर्वोच्चको पूर्ण इजलासले परमादेश जारी गरेको थियो । उक्त परमादेश अनुसार मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले २ जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्न तयारी गरेका छन् । झापाका एकराज कार्की र ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मन्त्री नियुक्त गर्ने कार्कीको तयारी छ । कार्कीको सरकारमा राप्रपा भने सहभागी नहुने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार