Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलको विरोध प्रदर्शन, मागे गृहमन्त्रीको राजीनामा


    शुक्रबार, भाद्र २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा सो पार्टी निकट युवा संगठन तरूण दलले आज रत्नपार्कमा प्रदर्शन गरेको छ ।

    सो संगठनले गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः शान्ति बाटिका रत्नपार्कसम्म विरोध र्याली आयोजना गरेको थियो । र्यालीपछि आयोजित कोणसभामा तरुण दलका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

    तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार