Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसदहरुको प्रश्न : उपचार नपाएर अस्पतालमै बालिकाको मृत्यु हुने अवस्था किन आयो ?


    बिहिबार, भाद्र २१ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयलाई लिएर सरकारसँग जवाफ मागेका छन् ।

    पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारसँग जवाफ मागे ।

    आज प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर थापाले उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भनी प्रश्न गरे ।

    यस सम्बन्धमा अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने उनको माग छ ।

    उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको आफन्तले बताएका छन् ।

    यस्तो अवस्था कसरी आयो भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले पनि सरकारमाथि प्रश्न गरे । यस घटनाका सम्बन्धमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार