Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५१ वटा विद्युतीय चार्जिङ स्टेसन एकै पटक सञ्चालनमा (सूचीसहित)


    बुधबार, भाद्र २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । देशका विभिन्न स्थानमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको एकै पटक उद्घाटन भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरे ।

    प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।

    करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरु चार्ज गर्न मिल्ने छन् ।

    उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा आउनु विद्युतीय सवारी साधनको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्वन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरु न्यूनीकरणमार्फत देशको दीगो विकासमा महत्वपूर्ण पाइला भएको बताए ।

    क्र.सं. स्थान जिल्ला सङ्ख्या
    १ धार्के धादिङ २
    २ मुग्लिङ चितवन १
    ३ साझा सेवाबल्खु काठमाडौं २
    ४ साझा सेवापुल्चोक ललितपुर १
    ५ नेपालविद्युतप्राधिकरण, रत्नपार्क काठमाडौं १
    ६ नेपालपुलिस क्लब, भृकुटीमण्डप काठमाडौं १
    ७ पारस बसपार्क चितवन २
    ८ खुर्कोट सिन्धुली २
    ९ सिन्धुलीबसपार्क सिन्धुली १
    १० इलाकाप्रहरी कार्यालय बर्दिबास महोत्तरी २
    ११ हरिवन सर्लाही २
    १२ इनरुवाबसपार्क सुनसरी १
    १३ प्रहरी पेट्रोल पम्प, लाहान सिराहा २
    १४ कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की २
    १५ पर्यटक बसपार्क पोखरा कास्की १
    १६ दमक बसपार्क झापा २
    १७ बेलकानगरपालिका उदयपुर २
    १८ बिर्तामोड बसपार्क झापा २
    १९ सुर्खेत बसपार्क सुर्खेत २
    २० हेटौडा, रातमाटे मकवानपुर २
    २१ विद्युतप्राधिकरणतालिम केन्द्र खरिपाटी भक्तपुर १
    २२ प्रहरी पेट्रलपम्प, सामाखुसी काठमाडौं २
    २३ बेगनास ताल, पोखरा कास्की १
    २४ बुटवलबसपार्क रुपन्देही २
    २५ इटहरी सुनसरी १
    २६ विराटनगर मोरङ १
    २७ कोहलपुर नयाँबसपार्क बाँके २
    २८ धनगढी कैलाली २
    २९ त्रिशूलीहावा घर नुवाकोट १
    ३० बट्टार, त्रिशूली नुवाकोट १
    ३१ कुश्मा पर्वत १
    ३२ लमहीबसपार्क दाङ २
    ३३ लम्की कैलाली १
    जम्मा ५१
    स्रोत: नेपाल विद्युत प्राधिकरण ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार