Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पानीमा डुबेर २ जनाको मृत्यु


    बुधबार, भाद्र २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ओखलढुंगा र झापाको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ओखलढुंगाको मोलुङ गाँउपालिका–२, रामपुरकी ७५ वर्षीया रत्नकुमारी विश्वकर्मा र झापाको बुद्धशान्ति गाउँपालिका–२ का १९ वर्षीय मनोज तामाङ रहेका छन् ।

    विश्वकर्माको मोलुङ खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बरुणेश्वरजे जनाएको छ ।

    तामाङको झापाको बुद्धशान्ति गाउँपालिका–१ मा रहेको कुलोमा डुबेर मृत्यु भएको हो ।

    कुलोमा डुबेको सूचना पाएपछि प्रहरी टोलीले उद्धार गरी उपचारका लागि बी एण्ड सी अस्पताल विर्तामोड पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार