Nepal Face
  • आइतबार, १० साउन २०८३
  • योगेश भट्टराईले भने- राजनीतिक दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्छ


    मंगलबार, भाद्र १९ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद योगेश भट्टराईले आर्थिक कार्यविधि ऐनमा समस्या भए संशोधन गर्नुपर्ने बताएका छन् ।

    मंगलबार बसेको लेखा समितिको बैठकमा उनले राष्ट्रिय मान्यताप्राप्त दलहरू पारदर्शी र जवाफदेही बन्नुपर्ने बताए । समितिले दलको खर्चको स्रोत पनि हेनुपर्ने उनले बताए ।

    “समितिले राष्ट्रिय मान्यता प्राप्त दलहरूको लेखा हेर्नुपर्छ, खोज्नुपर्छ । राजनीतिक दलको ऐन पनि हेर्नुपर्छ,” भट्टराईले भने, “कहाँबाट स्रोत आयो, खर्च आयो, खर्च कसरी भइरहेको छ, कहाँबाट चलेको छ हेर्नुपर्छ ।”

    सम्बन्धित दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरूजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुनः मन्त्री बन्ने÷नबन्ने, टिकट दिने÷नदिने सम्बन्धित दलले निर्णय गर्ने उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार