Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आरजु राणाको दाबी- ‘परिवार नियोजन’ गरेर बाँदर नियन्त्रण गर्न सकिन्छ, बँदेल मारेर खाने नीति ल्याउनुपर्छ’


    आइतबार, भाद्र १७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले किसानहरु बाँदरबाट पीडित रहेको भन्दै बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने टिप्पणी गरेकी छिन् ।

    सिंहदरबारमा आज बसेको समितिको बैठकमा उनले बाँदरको संख्या घटाउनका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने धारणा राखेकी छन् ।
    सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएपछि सभापति राणाले बाँदर नियन्त्रणका लागि नयाँ उपायहरु खोजी गर्नुपर्ने बताएकी हुन् ।

    उनले भनिन्–‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ । बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ । मानिस र जनावरको द्धन्द्धमा के चाहीँ गरिराछ ? संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो । तर मान्छेले खान नपाउनेगरी संरक्षण गरेर त फाइदा छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार