Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर


    आइतबार, भाद्र १७ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज आइतबार ६ लाख बिगो मागदाबीसहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्‍ता भोला दाहालले जानकारी दिए।

    वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जिवन सुवेदीविरूद्ध मुद्दा दायर गरेको हो।

    वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गरेको भन्दै अनियमितता गरेको भन्ने उजुरी परेको थियो।

    उक्त उजुरीमाथि अनुसन्धान हुँदा तत्कालीन वडाध्यक्ष बस्नेतले भवन निर्माणको लागि निशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै ६ लाख रुपैयाँ भुक्तानी लिएका थिए।

    उनले भुक्तानीका लागि गाउँपालिकामा पेश गरी अधिकृत भण्डारी र लेखापाल सुवेदीले जग्गा खरिद गरेको भनी झुट्टा व्यहोरा उल्लेख गरी ६ लाख रुपैयाँ दिएको स्रोतको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार