Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्र मन्त्री साउद भन्छन्- कुटनीतिक संवादबाटै नक्सा विवाद समाधान गर्न चाहन्छौं


    आइतबार, भाद्र १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले कुटनीतिक संवाद गरेर नक्सा विवाद समाधान गर्ने दाबी गरेका छन्।

    ओखलढुंगामा कांग्रेस जिल्ला कार्यसमितिको सभाहलमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साउदले कुटनीतिक संवाद र छलफलबाट नक्सा विवाद समाधान गर्न चाहेको बताए।

    ‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौं, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कुटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौं,’ उनले भने, ‘सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ।’

    नक्सा र सीमा विवाद कुटनीतिक वार्ताबाटै समाधान गरिने उनले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार