Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज संसदीय समितिको बैठक बस्दै


    आइतबार, भाद्र १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संघीय संसदअन्तर्गतका विभिन्न संसदीय समितिले आज आइतबार बैठक डाकेका छन्। निर्वाचित सभापति पाएपछि समितिले बैठक बोलाएका हुन् ।

    महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्दैछ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुति लगायतका विषयमा छलफल हुने समिति सचिवालयले जनाएको छ।

    यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ। समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्त्वपूर्ण विषयको प्रस्तुति लगायतका विषयमा छलफल हुने समिति सचिवालयले जनाएको छ।

    यस्तै राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्ने तय भएको छ।

    बैठक सिंहदरबारस्थित समितिको सभाहलमा बस्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार