Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बलमा पछिल्लो पटक पनि प्रधानमन्त्री भएँ : प्रचण्ड


    शनिबार, भाद्र १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक पनि प्रधानमन्त्री बन्न सफल भएको बताएका छन् । शनिबार काठमाडौको चन्द्रागिरीस्थित भट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेण्डाको बलमा आफू तेस्रो पटक पनि प्रधानमन्त्री बनेको बताए । उनले आफ्नो पार्टी नेतृत्वलाई नेपाली जनताको भरोसा रहेको दाबी गरे ।

    प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको भरोसा जगाउन र सिंगो पार्टी पङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनु परेको स्पष्ट पारे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार