Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन सुरु


    शनिबार, भाद्र १६ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा आज शनिबारदेखि सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोलि हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् ।

    उक्त अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू दिउँसो बुटवल आइपुगेका थिए । सम्मेलन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गरेका थिए । आज अधिवेशन उद्घाटन पछि भोलि बन्द सत्र कार्यक्रम रहेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार