Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिम विश्वविद्यालयमा तोडफोड


    शुक्रबार, भाद्र १५ २०८०
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम विश्वविद्यालयमा तोडफोड गरिएको छ । नेकपा समाजवादी निकट अनेरास्ववियूले आज विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेको स्रोतले जनायो ।

    समाजवादी निकट विद्यार्थीहरुले परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

    विश्वविद्यालयको परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीका सिधै १२–१५ जना नेता –कार्यकर्ताले कार्यालयमा तोडफोड गरेको बताए । सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका सिसा, टेबुल, कुर्सी, कागजपत्र भएको दराज तोडफोड भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार