Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध १० दिने उजुरी आह्वान


    शुक्रबार, भाद्र १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान भएको छ । आज बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

    ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

    गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो ।

    अब संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर समितिले उनको नाम अनुमोदन गरेपछि नियुक्ति प्रक्रिया अघि बढ्ने स्रोतले जनायो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार