Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विप्लवले बोलायो स्थायी समिति बैठक, सरकारबारे धारणा बनाउने


    बिहिबार, भाद्र १४ २०८०
    895
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ ।

    उक्त बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे बस्ने स्थायी कमिटी सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।

    अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनसम्बन्धी सम्झौता बुधबारबाट कार्यान्वयनमा आएपछि रुष्ट भएको नेकपाले बैठकमा विरोधका थप कार्यक्रम, सरकारप्रति दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा समीक्षा गर्ने भएको छ ।

    ‘शुक्रबार बस्ने बैठकले एमसीसी कार्यान्वयन, विरोधका थप कार्यक्रम, सरकारप्रतिको दृष्टिकोण लगायत विषयमा आधिकारिक धारणा बनाउनेछ’, नेता विरहीले भने ।

    महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल एमसीसी कार्यान्वयन नगर्न चेतावनी दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए ।

    सरकार र एमसीसीका अधिकारीबीच बुधबार कार्यान्वयन प्रतिवेदन आदानप्रदान भएको थियो ।

    नेपालको सांसदबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएको सम्झौताबारे अमेरिकाले लिखित प्रतिबद्धता नआएसम्म कार्यान्वयन हुन नदिने अडान नेकपाको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार