Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि सुनको मूल्य तोलाको १ लाख १२ हजारमाथि उक्लियो


    बिहिबार, भाद्र १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि चम्किन थालेको छ । यसैगरी भदौ दोस्रो साता पुनः सुनको मूल्य १ लाख १२ हजार माथि उक्लिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो ।

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार