Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै १ हजारले घट्यो सुनको मूल्य, चाँदीको कति ?


    आइतबार, कार्तिक २६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

    महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।

    शुक्रबार एक लाख १४ हजार ७ सय रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार